उत्तर कोरियाको आधा जनसंख्या भोकभोकै : यस्तो छ वास्तविकता

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0
उत्तर कोरियाका झन्डै आधा जनसंख्या खाना अभावमा भोकभोकै बाँचेको छ । संयुक्त राष्ट्रसंघले जारी गरेको रिपोर्टमा सो जानकारी दिइएको हो । उत्तर कोरियाले क्षेप्यास्त्र आक्रमणको होड बढाइरहेकै बेला संयुक्त राष्ट्रसंघले प्योङयाङबारे नयाँ प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार विश्व समुदायबाट एक्लिएको उत्तर कोरियाका ७० प्रतिशतभन्दा बढी नागरिक खाद्यान्न सहयोगमा निर्भर हुने गरेका छन् । उनीहरुमध्ये धेरै मानिस आधारभुत स्वास्थ्य उपचार र सरसफाइबाट वञ्चित छन् । पाँच बर्षमुनिका बालबालिकाको मृत्युदरमा वृद्धि भएको छ । साढे दुई करोड जनसंख्या भएको देशमा एक करोड जनसंख्या कुपोषणको सिकार बनेका छन् । मानवीय संकट उत्पन्न भएको र बाढी पहिरो, खडेरी जस्ता प्राकृतिक विपत्तिले सर्वसाधारणको अवस्था झनै दयनीय बनेको छ ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment