कतारमा करार अवधि पुरा गरि कम्पनि परिवर्तन गर्ने सोचमा हुनुहुन्छ ? यसरि खोजे पाइन्छ नोकरी (अवस्य पढ्नुस)

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0



हामीले कतारको बारेमा विभिन्न लेख हरु कतारमा बस्नु हुने नेपालीको अनुभव अथवा उहाहरुको सहयोगमा लेख्दै आएका छौं ! कतारको नया कानुन लगाएत धेरै कुरा हरु हामीले लेखेका छौं ! विशेष गरि कतारमै धेरै बर्ष देखि विभिन्न उच्च पदमा काम गर्ने नेपाली हरुको सहयोग लिने गर्दछौं ! तर यस लेखमा हामी छुट्टै विषयमा चर्चा गरौँ !
गत बर्ष डिसेम्बर महिनामा कतारमा नया नियम लागु भएको थियो जस अन्तर्गत कतारको कुनै कम्पनीमा निश्चित करार अवधि सकेका व्यक्तिहरुले एउटा कम्पनि बाट अर्को कम्पनि परिवर्तन गर्दा आफुले काम गरिरहेको कम्पनि बाट अनुमति लिइराख्नु पर्ने झंजट बाट मुक्त बनाएको थियो ! धेरै पहिले देखिनै कतारमै काम गरि राख्नु भएका नेपाली हरुले कम्पनि परिवर्तन गर्न पाउने भएपछी काम कसरि खोज्ने भन्ने चिन्ता बढ्दै गएको हो !
कतारमा पहिले जस्तो सजिलै काम पाउदैन पाईहाले पनि भने जस्तो तलव सुविधा भएको कम्पनिमा पाउन अत्यन्तै गाह्रो छ; कारण आजभोली कतारले अफ्रिकी देश हरु बाट सस्तोमै दक्ष जनसक्ति भित्र्याउनुपनि हो ! हातमा केहि सिप नभएका हरुलाई त आफ्नो कम्पनि नछोड्न सुझाव दिन्छु म किन भने नया कम्पनीमा गएर पाउने तलव आखिर त्यहिनै हो !
त्यसैगरी जो दक्ष छ, जसले कुनै कम्पनीमा राम्रो अनुभव बटुलेको छ त्यस्ता व्यक्ति हरुलाई कतार अमेरिका युरोप भन्दापनि रम्रो हुन् सक्छ ! मैले व्यक्तिगत रुमा त्यस्ता नेपाली हरु पनि भेटेको छु जो सुरुमा लेबरमा गएका थिए अहिले कुनै कम्पनीको उच्च पदमा काम गरेर महिनाको १० हजार कतारी रियाल भन्दा पनि धेरै कमाइ गरिरहेका छन् !
कतारमा धेरै पैसा कमाइ हुने काम कसरि पाउने ?
१. आफु दक्ष हुने: मैले माथि भने जस्तै काम जानेका धेरै पढेका हरुलाई लाखौँ खर्च गरेर कुनै युरोप अमेरिका जानु पर्दैन, कतारमा ट्याक्ट फ्री तलव महिनामै लाखौं कमाउन सक्छन ! त्यसैले धेरै तलव भएको कम्पनीमा काम गर्ने सोचमा हुनुहुन्छ भने पहिले आफुले गर्दै गरेको काममा बिज्ञ भएर बस्नुहोस !
२.अनलाइन पत्रपत्रिकामा अथव यी वेबसाइटमा कतारमा जबको लागि सधैं डिमाण्ड राखिएका हुन्छन आफुलाई पाएक पर्दो पद छनोट गर्नुहोस: सावधान रहनुहोला कतारमा यस्ता धेरै एजेन्सी हरु छन् जसले काम लगाई दिन्छु भनि पहिलेनै पैसा असुल गर्ने गर्दछन ! धेरै जसो कम्पनीले आफ्नो कम्पनीको बिज्ञापन कतारमा स्थानीय पत्रिका गल्फ टाइम्स हरुमा राखेको हुन्छ नियमति हेर्नुहोस ! प्रत्यक कम्पनीमा काम छ कि छैन सोध्न जानु भन्दा बिज्ञापनको माध्यम बाट नोकरी खोज्नु उत्तम उपाय हो !
३. कम्पनीले आफै खोज्छ तपाईलाइ: पाई दक्ष अथवा कुनै एउटाकम्पनीमा महत्वपूर्ण पद सम्हाल्न सक्ने व्यक्ति हुनुहुन्छ भने तपाईले कम्पनि हैन कम्पनीले तपाइँलाइ खोज्दै आउने छ ! त्यसैले तपाईको सुन्दर डिजाइनको एउटा CV बनाइ www.bayt.com मा अपलोड गर्नुहोस ! धेरै कम्पनिहरुले CV हेरेरनै पहिलो चरणको छनोट तय गर्ने भएकाले सके आफै लेख्नुस र नसके अरुलाई लेख्न लगाउनुहोला ! 
४. कम्पनीकै वेबसाइटबाट: कतारमा बहुराष्ट्रिय कम्पनि हरुले अरु ठाउँमा बिज्ञापन गर्दैन, जस्तै कतार पेट्रोलियम (QP)ले धेरै जसो आफ्नो रिक्त पदकोलागि आफ्नै कम्पनीको वेबसाइटमा राखेको हुन्छ ! त्यसैले तपाईले कुनै कम्पनिको नाम थाहा पाउनु भएको छ भने उक्त कम्पनीको वेबसाइटमा गएर नोकरीकोलागि अपलाई गर्न सक्नु हुन्छ ! सिधै कम्पनीकै वेबसाइट बाट अपलाई गर्नु सबै भन्दा धेरै भरपर्दो माध्यम हो !
५. फेसबुक पेज बाट: कतारमा स्थानीय सूचना प्रदान गर्ने फेसबुक पेज जस्तै कतार लिभिंग, आइ लाभ कतार हरुमा नियमित भिजिट गर्नुहोस: त्यस्ता पेज हरुले कुनै कम्पनीमा जब भेकेन्सी हुँदा बित्तिकै आफ्नो पेजमा अपलोड गर्ने गर्दछन ! यदि कुनै कम्पनीले जबको लागि माग गरेको छ भने सिधै फोन गरेर सोध्नुहोस: कम्पनिको कार्यालय, कम्पनीलाई कस्तो व्यक्ति चाहिहेको सबै विवरण फोन बाटै बुझेर मात्र अपलाई गर्नुहोस !
६. यदि तपाई नेपालमा भए: यदि तपाई नेपालमै रहेर कतारको लागि अनलाइन बाट जब अपलाई गर्दै हुनुहुन्छ भने कतारमा कुनै साथी रहेको खुलाउनुहोस, त्यसले गर्दा कम्पनीले आवस्यक परे अथवा तपाईलाइ नेपालमा सम्पर्क गर्न नसके कतारमा रहेको तपाईको साथीलाई सम्पर्क गर्ने गर्दछन ! यदि तपाई धेरै दक्ष व्यक्ति भए अनलाईन बाटै अन्तर्वार्ता दिएर कतार जान सक्नु हुन्छ ! त्यस्ता धेरै नेपाली हरु छन् जो अनलाइन बाटै नोकरी पाएका छन् !
बय्तिगत अनुभव भन्नु पर्दा: मेरो एक जना साथी कतार आजाद भिसामा ड्राइभर भिसामा कतार अयेकोट थियो, कतार आएको भोलिपल्टनै मैले अनलाइनमा CV अपलोड गरिदिएको थिएँ तर १ महिना सम्म कुनै खबर न आएपछि साथी २५०० कतारी रियालमा एउटा कम्पनीमा लागेको थियो ! कम्पनीमा काम सुरु गरेको १० दिन पछी फोन गरेर ६ हजार रियाल तलवको अफर आउँदा साथी पछुताउदै थियो ! त्यसैले सिप र CV राम्रो छ भने धैर्य गर्नुस धेरै कम्पनीले दक्ष व्यक्तिलाई आफैं बोलाउने गर्दछन !
7.कतारमा कामै नगर्नुस नेपाल फर्किनुहोस: सोचौं त, कतारमा ५ बर्ष एउटा कम्पनीमा काम गरेको व्यक्ति संग लाखौँ मूल्य बराबरको अनुबव हुन्छ, के फेरी त्यहि त्यस्तै काम त्यस्तै तलवमा ५ बर्षको लागि अर्को कम्पनीमा डुब्ने ? है, त्यस्तो गर्नु हुदैन अनुभव भएको व्यतीले कतार भन्दा नेपालमा धेरै पैसा कमाउन सक्छन ! नेपालमा केहि गर्न सकिदैन भन्ने हाम्रो सोच मात्र हो, बिनोद चौधरी, राजेन्द्र खेतान हरु नेपालमै व्यापार गरेर नेपालकै धनि भएका व्यक्ति हुन् ! तिनीहरुले मात्र गर्दा हुने र हामीले गर्दा नहुने कुरै हुदैन त्यसैले तपाई कुन कुरामा अनुभवी हुनुहुन्छ ? त्यसलाई नेपालमै प्रयोग गर्ने तिर लाग्नुहोस !
कतारमा धेरै बर्ष बसेर पैसा भन्दा अनुभव कमाएका हरु अहिले नेपालमा धेरै सफल भएका उदहारण हरु धेरै छन् त्यस मध्यको मेरो एउटा साथी हुनुहुन्छ  उहाले कतारमा ६ बर्ष जति एउटा रेस्टुरेन्टमा कुक भएर काम गर्नु भयो ! उहाको कमाइ नराम्रो भएको होइन ७०-८० हजार नेपाली रूपैय मज्जाले कमाउनु हुन्थ्यो ! कतारमा ६ बर्ष काम गरेपछि उहाले नेपालमै केहि गर्नु पर्छ भन्ने लगेर दाङमा एउटा राम्रो रेस्टुरेन्ट खोल्नु भएको छ भने कतारको भन्दा ३ गुना धेरै पैसा कमाउदै हुनुहुन्छ ! गरे के हुदैन र ?

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment