सिमानामा काँडेतार अभियानलाई कतारबाट सहयोगको लर्को (सक्दो सेयर गरौँ अरुलाई पनि प्रेरणा जागोस)

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

चैत्र २७, २०७३- नेपालको सिमानामा भईरहेको अतिक्रमणलाई रोक्न सिमानामा काँडेतार अभियान गर्नुपर्नेमा कतारका युवाहरुले जोड दिएका छन् ।

भारतको सीमा सुरक्षा बलले गत फागुन २६ गते सीमा अतिक्रमण गरी नेपालभूमिमा प्रवेश गरेर कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ८ आनन्दबजारका ३४ वर्षीय गोविन्दप्रसाद गौतमको हत्या भएपछि दु:खीत भएका युवाहरुले सिमानामा कााडेरतार लगाउनु पर्नेमा जोड दिएका हुन् ।

सिमानामा काँडेतार अभियानका नेपाल संयोजक रहेका नायक नवल खड्काले यस अभियानलाई पहिलो पटक कतारबाट घोषणा गरिएको बताए ।

‘नेपालमा हुने हरेक घटनाहरुले प्रवासमा रहेका नेपालीलाई धेरै पिडाबोध हुने महशुष गरेको छु । त्यसमाथी नेपालको सिमानामा नै आएर नेपालीहरुको हत्या हुने गतिबिधीले जो कोही नेपालीहरुलाई पनी दुखित बनाउने गरेको छ’ उनले भने ‘सिमानामा कााडेतार अभियान सामान्य कुरा हैन । अहिले भावनामा आएर भनिरहेका छौ तर यो सम्भव छ ।’

भारत नेपाल सिमानाको विषयलाई लिएर नेपाली चलचित्र‘दशजगा’ बनाईसकेका उनले आफ्नै राज्यबाट समेत दशजगालाई सहयोग नमिलेकोमा दु:ख व्यक्त गरे । चलचित्र प्रदर्शन नर्गन धम्की दिदै भारतबाट ५ करोडको अफर समेत आएको बताउदै उनले भने ‘सेन्सरले चिराचिरा पारेर काटिदिएको अपांग दशजगा नेपाली जनतालाई देखाउन बाध्य भए ।’

उनले यो अभियानको पहिलो चरणमा नेपाली जनतामा चेतना ल्याउने, युवाहरुलाई जागरुक बनाउने, सरकार समक्ष बैधानिक ढंगबाट सिमा सुरक्षाको पहल गर्ने रहेको बताए । ‘हामी अहिले नै सहयोग उठाउदैनौ,’ उनले भने,‘ ‘सरकारले तिव्रताका साथ सिमानामा कााडेतार लागउनुपर्छ । यदि सक्दैन भने सरकारले भनोस सिमानामा कााडेतार लगाउने खर्च कति लाग्छ । हामी जुटाउछौ।’

अन्तराष्ट्रिय संयोजक राजु डुम्रेले घोषणा पत्र प्रस्तुत गर्दै पहिलो चरण्मा भारत सिमानको १६९० माइलको लामो सिमानमा तारवारको थालनी गर्न सरकारलाई दवाव दिने, दोस्रो चरणमा दुबै देशको सहमतिमा बिवादित क्षेत्रमा काम थालनी गर्न दवाब दिन र तेस्रो चरणमा चीन नेपालको माईलको लामो सिमानमा हिमश्रृंखला नभएको भु–भागमा कामथाल्न दवाब दिने बताए ।

कतारमा आयोजित अभियानको अन्तर्राष्ट्रिय तदर्थ समिति घोषणा कार्यक्रमलाई अभियानका मध्यपुर्व संयोजक तथा केन्द्रिय प्रवक्ता सुशिल खड्का, बुधबल गुरुङ्ग , होमनाथ शर्मा, धिरज चाम्लीङ्ग, सुस्मिता भुषाल, तिलबिक्रम थेवे, श्रीकृष्ण भट्टराई, रेगिस्तानी कवि तिर्थसंगम राई र नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडेले नेपालको संवेदनशिल विषयमा कुरा उठिरहेको हुदा नेपाली नागरिकको कर्तव्य सम्झेर बैधानीकतालाई मध्यनजर गर्दै अघाडी बढ्नु पर्नेमा जोड दिईयो ।

— घनश्याम पराजुली कान्तिपुर

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment