Loading...
हेर्नुहोस भिडियो
कतारमा महिनौ कमायको धन कतै नक्कली सुनमा जानेहो कि भन्ने डर आजभोली लाग्न थालेको छ ! के थाहा हामीलाई हामीले यो भन्दा पहिले नेपाल लिए/लागेका सुन हरु पनि नक्कलीपो थिए कि ? कतारमा नक्कली सुनको बिगबिगी चली रहेको बेला सरकारले ठुलै कदम चलेको छ !
कतार उपभोक्ता संरक्षण विभाग (CPD) ले हालै भरि मात्रामा नक्कली गहना बच्ने पसल हरुलाई कानुनी दायरामा लिएको छ ! उपभोक्ता संरक्षण विभाग जुन अर्थ तथा बनिजय मात्रलय मातहतमा रहेर काम गर्दै आएको छ ! विभागले सुरुमा अन्तराष्ट्रिय बहुमुल्य ब्रान्डका सामग्री जस्तै च्यानेल, डीओर, मेसिका र बुल्गारी जस्ता ब्रान्डका समानहरु कतारमा अन्तराष्ट्रिय बजार मूल्यमै नक्कली सामान बच्नेलाइ कार्वाही गरेको थियो !
नक्कली सामान हेर्दा उस्तै देखिने भएकाले, स्थानीय नागरिक तथा अपर्वासी हरुको रोजाइमा ब्रान्डेड समान पर्ने गर्दछ ! तर नक्कली सामानको हाहाकार भएपछी ब्रान्डेडभनि नक्कली समान किन्दै आएका छन् ! कतिपय ठाउँमा यस्ता सामग्री हरु सस्तो मूल्यमै पाइने भएपनि उपभोक्ता कुन बेला कहाँ गएर ठगिने हो थाहै नहुने भएकाले त्यस्ता पसल हरुलाई कानुनी दायरामा लिउन लागेको दि पेनिसुलाले जनाएको छ !
गत बर्षको सुरुवात संगै एक भिर्ष भित्र त्यस्ता नक्कली सामग्री हरुलाई पसल बाट हटाउन उपभोक्ता संरक्षण विभागकका निरक्षर हरुले आफ्नो दैनिक निरक्षनको क्रममा पसल तथा डिलर हरुलाई जानकारी दिदै आएका, दोहा गोल्ड मार्केटमा काम गर्ने पाकिस्तानी नागरिक अहमद हुसेनले जानकारी दिए !
हामीले हाम्रो दुइ ओटा सुन पसल बाट लगभग १० किलो भन्दा धेरै नक्कली सामग्री हरु हटाइ सकेका छौं, हुसेनले थपे !
नक्कली गहना १८ क्यारेटको सुनमा गैर मूल्य पत्थरको प्रयोग गरेर बनाइने गरिन्छ, यद्यपि सक्कली ब्रान्डमा भने मुल्यवान समानहरु मात्र मिश्रण गरिन्छ ! चिन्न सक्ने हरुको लागि गहनामा समिश्रण भएका तत्व हरु बाटै थाहा हुन्छ, प्रयोग गरिएका पत्थर र किलियर फिनिसिंग हुदैन नक्कली गहना हरुमा, हुसेन भन्छन !
यसैगरी कतारमा रहेका अन्य गहना पसले हरुलाई खबर गरिएको छ कि यदि कसैले नक्कली गहना किन बेच गरेको थाहा भएमा कतारी कानुन अनुसार, QAR 10,000 देखि QAR 50,000 सम्म जरिमाना गरिने छ ! नक्कली घडी र नकली सुन लगाएतका सामग्री बिक्रि गर्नु कानुनन अपराध हो भन्ने खबर हमिअली निरक्षनमा आउनु भएका सार हरुले भनि सक्नु भएको छ अब हामी यसरि काम नगर्ने सोचमा छौं, एक सुन पसलका मेनेजर मुस्तफाले भने !
कतारमा नक्कली सामग्री हरुमा सबै भन्दा धेरै बिक्रि हुने घडी, कानमा लगाउने रिङ हातमा लगाउने ब्रासलेट हरु हुन् त्यस्ता सामग्री हरुको बिक्रि दरपनि एकदमै फरक हुने गर्दछ ! २५ हजार कतारी रियाल पर्ने सामान नक्कलीलाइ ३ हजार रियाललै पाउन सकिन्छ ! ५ हजार रियल पर्ने रिङ ५ सय रियालमै बेच्ने गरेको , एक नेपाली सेल्स मेन मोहमद नयेमले भने !
नेपाली सेल्स मेन भन्छन, हामी कहाँ दैनिक ४ देखि ५ जना नक्कली गहना खोज्दै आउने मान्छे हुन्छन तर जब देखि भिभागले हटाउन निर्देशन दिएको छ त्यसपछि हामी कहाँ नक्कली सामग्री हरु उपलब्ध छैनन् ! अन्तराष्ट्रिय स्थरका सक्कली सामग्रीको लागि उनीहरुले आफ्नै ब्रान्ड र डिलर खोलेका छन्, जुन स्थानीय बजारमा प्रख्यात भएका छन् ! जुन हार्मो पसलको क्षमटा अनुसार हामीले निर्यात गर्न सक्दैनौं र हामी कहाँ आउने भनेकै सस्तो दरमा गहना किन्ने हरु मात्र हो ! ब्रान्डेड सामन किन्ने हरु सिधै डिलर जाने गर्दछन, नेपाली सेल्स म्यानले फेरी थपे !!
Post a Comment