हेर्नुस यसरि नक्कली विज्ञापन छापेर कामदार ठग्दै म्यानपावर कम्पनी (सेयर गरि सबैलाई सचेत गराउ)

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0


उमाकान्त पाण्डे/उज्यालो ।
युएई, चैत २७ – दुई हप्ता अघि नेपालका दैनिक पत्रपत्रिकामा विदेशमा आकर्षक काम र कमाई हुने भन्दै एउटा विज्ञापन प्रकाशन भयो । विज्ञापनमा भनिएको थियो, ३० जना पुरुष सेक्युरिटी गार्डको आवश्यकता ।
युएईको एक नाम चलेको कम्पनीका लागि कामदारको आवश्यकता भन्दै नक्कली विज्ञापन छापिएको थियो । २२ देखी ४२ वर्ष उमेर समुहले आवेदन दिन सक्ने भन्दै झण्डै ५१ हजार रुपैयाँ मासिक तलब पाइने उल्लेख गरिएको थियो ।
हप्तामा ६ दिन काम गरे पुग्ने । सेना, प्रहरीमा काम गरेकाहरुलाई प्राथमिकता दिने भनिएको थियो ।
यो मागपत्रको विज्ञापन द लिन्क फर रिक्रुमेण्ट प्राइभेट लिमिटेडले वैदेशिक रोजगार विभागबाट पूर्व श्रम स्वीकृति लिएर प्रकाशन गरेको थियो । तर मागपत्र भने नेपाली राजदूतावास आबुधाबीबाट प्रमाणीकरण गरिएको थिएन ।
कम्पनीले मागपत्र दिएमा यहाँको चेम्बर अफ कमर्स वा नोटरीबाट पनि प्रमाणीकरण गर्न सकिन्छ । तर यो माग भने त्यहाँबाट पनि प्रमाणीकरण नभएको पुष्टि भएको छ ।
किनभने म्यानपावरले नेपालमा कामदार आवश्यकता सम्बन्धी विज्ञापन प्रकाशन गरेपछि कम्पनीले कामदार आवश्यकता नभएको भन्दै दूतावासमा निवेदन दिएको छ । कुनै पनि म्यानपावर एजेन्सीलाई मागपत्र नदिएको भन्दै द लिन्क फर रिक्रुमेण्ट प्राइभेट लिमिटेडले नेपालमा विज्ञापन प्रकाशन गरेपछि तत्काल यस्तो काम रोक्न कम्पनीले दूतावासमा निवेदन दिएको थियो ।
सोही उजुरीको आधारमा दूतावासले वैदेशिक रोजगार विभागमा पत्राचार गरेको थियो । ‘हामीले कम्पनीले दिएको निवेदनका आधारमा सम्बन्धित निकायलाई पत्राचार गरेर गरेका छौं’ दूतावासका द्वितीय सचिव कृष्ण अर्यालले भन्नुभयो ।
म्यानपावर व्यवसायीले रोजगारदाता संस्थासँग भएको सम्झौता वा सहमतिका आधारमा विवरण खुलाई वैदेशिक रोजगारमा कामदार पठाउन पूर्व श्रम स्वीकृतिका लागि विभागमा निवेदन दिनुपर्ने वैदेशिक रोजगार ऐनमा व्यवस्था गरिएको छ । तर युएईको कम्पनीले कामदारको माग नगर्दा समेत म्यानपावरले विज्ञापन प्रकाशन गर्ने र अन्तर्वार्ता लिएर पैसा असुल्ने गरेका छन् ।
द लिन्क फर रिक्रुमेण्ट प्राइभेट लिमिटेडले विज्ञापन प्रकाशन गर्दा समेत ऐनको पालना नगरेको पाइएको छ । तोकिए बमोजिमको विवरण खुल्ने गरी कामदार छनौट गर्न कम्तीमा सात दिनको म्याद राखेर राष्ट्रियस्तरको दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नु पर्ने हुन्छ ।
तर यो स्वीकृति लिएको एक हप्ता नहुँदै फाइनल अन्तर्वार्ता पनि गरिसक्ने विज्ञापनमै लेखिएको छ । यसरी कम्पनीले मागपत्र नदिँदा नदिँदै पनि म्यानपावरले कामदारबाट विभिन्न नाममा पैसा उठाउने, अन्य कम्पनीमा पठाउने, त्यो पनि नभए भिसा आउँछ भन्दै महिनौ झुलाउने गरेका छन् । उज्यालो अनलाइन 

from http://daily.gulfact.com/%E0%A4%B9%E0%A5%87%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%81%E0%A4%B8-%E0%A4%AF%E0%A4%B8%E0%A4%B0%E0%A4%BF-%E0%A4%A8%E0%A4%95%E0%A5%8D%E0%A4%95%E0%A4%B2%E0%A5%80-%E0%A4%B5%E0%A4%BF%E0%A4%9C%E0%A5%8D/

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment