New Videos from Youtube

अरब मुलुकको समस्या समाधानमा कुवेतको पहल


कतारसँग माल्दिभ्स र ६ अरब राष्ट्रले कूटनीतिक सम्बन्ध तोडे पश्चात खाडि मुलुकमा देखिएको समस्याको सम्बधान खोज्नको लागि कुवेतले मध्यस्ताको पहल गरेको छ ।
कुवेतका राजा शेख सवहा अल-अहमद अल जावेर अल सबा सउदि अरबका र राजा सलमान बिन अब्दुलाजिज बिन सउद संग भेट बार्ता गर्न मंगलबार सुउदि गएका छन । कुवेतका राजाको उच्च स्तरिय डेलिगेशन टिममा कुवेतका बिदेश मन्त्रि तथा सुचन तथा संचार मन्त्रि समेत गएका छन ।

कुवेत र साउदि अरवका राज बिच मंगलबार वेलुका भेटबार्ता भएको छ । दुई देशका राजहरुको बिच भएको छलफल पछि कतारको लागि २४ घण्ट भित्र पुरा गर्नु पर्ने सर्त अघि सरिएको छ । ईरान संगको कुटनितिक सम्बन्ध तोडनु पर्ने । अल जजिर च्यानल बन्द गर्नु पर्ने र हमाद नामको संगठन सँग सबै नाता तोडेर उनीहरुका सबै बैक खाता बन्द गर्नु पर्ने । अरबका सबै राष्ट्र संग सार्वजनिक माफी माग्नु पर्ने जस्ता मुख्य बुदाहरु छन ।

कतारले साउदि अरबले राखेका डिमान्डहरु २४ घण्टा भित्र पुरा गरेको खण्डामा खाडिमा कुनै किसिमको बाढि आऊने छैन ।

कतारलाई उत्तेजित अभिव्यक्ति र अतिवादलाई प्रश्रय नदिन कुवेतको सुझाब

माल्दिभ्स र ६ वटा अरब मुलुकले कतारसँग अप्रत्यासित रूपमा दौत्य सम्बन्ध तोडेपछि उत्पन्न समस्या समाधान गर्न कुवेतले पहल गरेको छ । कतारसँगको सम्बन्धविच्छेदपछि उत्पन्न संकटबारे कुवेतका विदेशमन्त्री सेख सबाह अल अहमेद अल जबार अल सबाहले कतारका अमिर शेख तामिम बिन हमाद अल थानीसँग मंगलबार छलफल गरेका छन् ।

स्थल तथा हवाईमार्गका नाकामा रोक
ती मुलुकले आफ्नो जलमार्ग, स्थलमार्ग तथा हवाईमार्गका नाकाहरूमा कतारका पानीजहाज, गाडी तथा विमानलाई रोक लगाएका छन् । ती देशले आफ्ना मुलुकका सबै विमान सेवाले कतारका कुनै पनि गन्तव्यतर्फ उडान नगर्ने सामूहिक निर्णय लिएका छन् । युनाइटेड अरब इमिरेट्सले कतारसँगको सीमा बन्द गरेको छ । सन् १९९१ मा अमेरिकी तथा बहुराष्ट्रिय सेना र इराकबीच भएको खाडी युद्धपश्चात् पहिलोपटक कतारको अरबी राष्ट्रसँग कूटनीतिक संकट उत्पन्न भएको हो । संकटकै पृष्ठभूमिमा कुवेतले अरब राष्ट्रसँग सम्बन्ध सुधारको पहल गरेको हो । उसले अन्य मुलुकसँग पनि वार्ता गर्ने बताएको छ ।

बेलायतमा शृंखलाबद्ध रूपमा अतिवादी हमला भएको दुई दिनपछि अरब राष्ट्रले कतारलाई एक्ल्याएका छन् । बेलायतमा भएका हमलाको आइएसले जिम्मा लिएको छ । आइएसले जिम्मा लिएको छ ।

वार्ताका लागि कतारको आह्वान
अरब राष्ट्रहरूले सम्बन्ध तोडेपछि कूटनीतिक समस्या समाधान गर्न कतारले वार्ताका लागि आह्वान गरेको छ । कतारका विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीले सबै पक्षले संवादमार्फत मतभेदहरू सुल्झाउनुपर्ने बताएका छन् । कतार र उससँग कूटनीतिक सम्बन्धविच्छेद गरेका उसका छिमेकी मुलुकबीचको तनाव चुलिएको छ । कतार सरकारले पछिल्लो विवादले जनजीवन प्रभावित नभएको दाबी गरेको छ । तर, सर्वसाधारणले सोमबारदेखि नै खाद्यान्न भण्डारण गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गल्ती सच्याउन आग्रह
वार्तामा कतारले कुनै पनि प्रकारका अतिवादलाई पश्रय दिन नहुने बताउँदै विदेशमन्त्री थानीले कतारलाई आफ्ना गल्ती सच्याउन आग्रह गरे । जवाफमा अमिरले सेख तमिमले कतार कुनै पनि प्रकारका अतिवादको विरोधमा रहेको बताएका थिए । कुवेतले कतारको अन्य मुलुकसँग बिग्रिएको सम्बन्ध पुनस्र्थापना गरी पुरानै स्थितिमा फर्काउन सक्दो पहल गरेको विदेशमन्त्रीले बताए । संकट समाधान गर्न इमानदारीपूर्वक वार्ता गर्न विदेशमन्त्रीले आग्रह गरेका थिए । सम्बन्धविच्छेद गरेका मुलुकविरुद्ध उत्तेजित अभिव्यक्ति नदिन पनि कुवेतले आग्रह गरेको छ । कतारी समाचार संस्था अलजजिरालाई एक अन्तर्वार्ता दिँदै विदेशमन्त्री सबाहले कतारको मनोमानी र आन्तरिक मामिलामा हस्तक्षेप कुनै पनि अरब राष्ट्रका लागि मान्य नहुने बताएका थिए । अर्को क्षेत्रीय संगठन खाडी सहयोग परिषद् कुवेतले संयमित हुन अपिल गरेको छ ।

अन्तर्राष्ट्रिय अदिवादी मुस्लिम समूह (आइएस)लाई सहयोग गरेको, अमेरिका, युरोपेली संघलगायत पश्चिमी मुलुकहरूद्वारा कडा प्रतिबन्ध लगाइएको इरानसँग गहिरो साँठगाँठ राखेको र मध्यपूर्वका राष्ट्रहरूबीच विभेदपूर्ण नीति अवलम्बन गरेकोलगायतका आरोप लगाउँदै ६ अरब राष्ट्र र दक्षिण एसियाली राष्ट्र माल्दिभ्सले सोमबार कतारसँग दौत्य सम्बन्ध विच्छेद गरेका थिए ।

कतारसँगको सम्बन्ध तोड्ने अरब राष्ट्रहरूमा इजिप्ट, लिबिया, साउदी अरब, युनाइटेड अरब इमिरेट्स, बहराइन र यमन छन् । सम्बन्ध तोडेको घोषणासँगै सातै मुलुकले कतारस्थित आ–आफ्ना कूटनीतिक नियोग वा राजदूतावासका सम्पूर्ण कर्मचारी फिर्ता बोलाई आफ्ना मुलुकमा रहेका कतारी कूटनीतिज्ञ र नागरिकलाई देश छाड्न आदेश दिएका छन् ।


from nepal kuwait.com
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

खाधान्न सामानको अभाव नहुने,भाउ पनि नबढ्ने : मन्त्रालय

अर्थव्यवस्था तथा वाणिज्य मन्त्रालयले कतारमा हाल खाधान्न तथा अन्य उपभोक्ता सामान १२ महिना सम्मका लागि स्टक रहेको जानकारी दिएको छ । साथै हाल उत्पन्न भएको कुटनीतिक सम्बन्धको समस्याले अगामी दिनमा पनि कुनै सामानको अभाव नहुने स्पष्ट पारेको छ । त्यस्तै कतारमा धेरै मात्रामा पशुधन अष्ट्रेलिया र तरकारी भारत र बङ्गलादेश बाट आयात हुनेगरेको जानकारी दिएको छ । आम जनतामा उत्पन्न भ्रमहरुलाई  हिजो मन्त्रालयले विभिन्न भाषाहरुमा प्रश्नोत्तर विज्ञप्ती सार्वजनिक गर्दै हाल बजारको अवस्था सामान्य रहेको र भाउ पनि स्थिर अवस्थामा रहेको कुरा स्पष्ट पारेको छ ।
के कतारी बजार छिमेकी राष्ट्रहरुले गरेको कुटनीतिक सम्बन्ध तथा सिमा बन्दले प्रभावित होला?
कतारमा खाधसामाग्रीको व्यापक भण्डार उपलब्ध रहेको हुँदा यसले कुनै असर पार्नेछैन् । कतार छिमेकी मुलुकहरुमा मात्र निर्भर नभएको र विश्वभर बाट नै उपभोक्ता सामाग्रीहरुको आयात हुने क्रम सामान्य रुपमा जारी रहेको छ ।
के सरकारले यस्तो परिस्थितीको सामना गर्न कुनै आपतकालिन योजना तयार पारेको थियो ?
कतारको छिमेकी राष्ट्रहरु संगको खटपट अहिले मात्रै नभएर पछिल्लो इतिहास देखि नै रहेको छ । यस्ता परिस्थितीको सामना गर्न कतार सदैव तत्पर रहँदै आएको छ । त्यसैले बजारमा प्रचुर मात्रामा खाना तथा अन्य उपभोक्ता सामानहरु उपलब्ध रहेका छन् ।


के यस घटनाले कतारमा खाधान्न र अन्य सामानहरुको भाउमा असर पर्ला ?
उपभोक्ताका सम्पूर्ण सामानहरुको मुल्य सरकारले पहिल्यै तोकेको हुन्छ र यो अहिले बजारमा स्थिर रुपमा रहेको छ । साथै अर्थव्यवस्था तथा वाणिज्य मन्त्रालयको समन्वय बिना मुल्य बढाउन नपाउने नियम रहेको छ । त्यसैले आम मानिसमा यसको असर पर्ने छैन र बजारको स्थिती सामान्य रहेको मन्त्रालयले जोड दिन चाहान्छ ।
सामान १२ महिना सम्मका लागि स्टक  छ 
हाल कतारमा चाहिने दैनिक उपभोक्ताको सामान १२ महिना सम्मका लागि स्टक रहेको कतार च्याम्बरले स्पष्ट पारेको छ।साखै कतार संग खाधान्न तथा अन्य उपभोक्ता सामानहरुको भण्डार गर्ने प्रयाप्त रणनीति रहेको कतारी व्यवसायीहरुले जानकारी दिएको छ । कतार च्याम्बरले सोमबार आयोजना गरेको खाधान्न आयात गर्ने स्थानिय कम्पनीका प्रतिनिधीहरु संगको छलफल कार्यक्रममा ४० भन्दा बढी कम्पनीका व्यवसायीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बढेको कुटनीतिक सम्बन्धको समस्यामा मुलुकमा खाधान्न सामान आयात गर्ने वैकल्पिक प्रक्रियाहरुमा छलपल भएको थियो । त्यस्तै व्यापारीहरुले देशमा सरल आयात प्रवाह गर्न विभिन्न वितरक माध्यमहरु संग नयाँ करार सम्झौता सुरु भइसकेको कुराको जानकारी दिएका थिए ।

from qnkhabar
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

बोर्डिङ पास लिइसकेका यात्रु उड्न पाएनन्

काठमाडौ – श्रम स्वीकृति जाँच पास गरेर बोर्डिङ पास लिई आइतबार बिहान ओमान एयरमार्फत बहराइन जान लागेका टंक आचार्यलाई विमानस्थल अध्यागमनका कर्मचारीले फिर्ता पठाए ।

विमानस्थल अध्यागमनका अधिकृत डिल्लीप्रसाद भट्टराईले सक्कली कागजात नभएको भन्दै उनलाई रोकेका थिए । त्यसपछि साढे ९ बजे उड्ने विमानमा उनले यात्रा गर्न पाएनन् । आजको कान्तिपुरमा खबर छ ।

सबै विधि र प्रक्रिया पूरा गरे पनि नियतवश दु:ख दिन आफूलाई फिर्ता गरिएको भन्दै मोरङ पथरी ९ घर भएका आर्चायले डिल्लीबजारस्थित अध्यागमन विभागमा निवेदन दिएका थिए । स्रोतका अनुसार आवश्यक कागजात हुँदाहुँदै पनि कर्मचारीले यात्रुलाई रोकेको भन्दै अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालले अधिकृतलाई विभाग नै डाकेका थिए ।

स्रोतले भन्यो, ‘महानिर्देशक गेलालले यात्रुलाई क्षतिपूर्ति नतिरे कडा कारबाही गर्ने बताएपछि भट्टराईले टिकट काटिदिने बताएका थिए ।’ व्यक्तिगत श्रम स्वीकृतिमा सबै प्रक्रिया पूरा गरेर हिँडेका आचार्यले कान्तिपुरसँग कुरा गर्दै आफूलाई अनाहकमा दु:ख दिइएको बताए ।

आचार्यले आफूले सबै सक्कल कागजात देखाउँदा पनि फिर्ता पठाइएको बताए । विमानस्थलको अध्यागमनमा खटिएका वरिष्ठ अधिकृत, ड्युटीमा खटिएका अधिकृत र विमानस्थल अध्यागमनका प्रमुख अधिकृतको सहमतिमा मात्रै यात्रुलाई अफलोड गर्न पाइने व्यवस्था छ । तर आचार्यलाई फिर्ता पठाउने काम भने भट्टराईले एकल निर्णयका आधारमा गरेका थिए ।

अध्यागमन कर्मचारीकै कारण आचार्यको ३१ हजार रुपैयाँमा किनेको टिकट खेर गएको छ । आचार्यले नयाँ यात्राका लागि फेरि टिकट काट्नुपर्ने बताए । उनले भने, ‘टिकट काट्नका लागि पैसा छैन ।

विमानस्थल अध्यागमनले टिकट काटिदिन्छ कि, हेरम ।’ आचार्य बहराइनस्थित एक कम्पनीमा रंग लगाउने काममा जान लागेका थिए । विमानस्थल अध्यागमन शाखाका प्रमुख होमनाथ थपलियाले आचार्य बुधबार या बिहीबार नै बहराइन जाने बताए ।

उनले कामदारले सबै कागजात नबुझाएकै कारण फिर्ता पठाइएको दाबी आफू मातहतका कर्मचारीले गरेको र आफूले सबै कागजात बुझाएको दाबी यात्रुले गरेको बताए । उनले भने, ‘दुवैका आ–आफ्नै दाबी छन् । उनी केही दिनमै गन्तव्य देश जान्छन् ।’
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

कतारमा कति नेपाली हाेलान् !





सुशील ढुंगाना/वैदेशिक रोजगार विज्ञ ।

काठमाडौं, जेठ २४ - कतारमा उत्पन्न संकटकाबारेमा आम संचार माध्यममा चिन्ताजनक समाचार आइरहेका छन् । कतारलाई घेराबन्दि गरेर छिमेकी राष्ट्रहरुले सबै प्रकारका सम्बन्ध बिच्छेद गर्दै जाँदा त्यहाँ रहेका नेपाली नागरिकको अबस्था के हुने हो भन्ने आम चिन्ताको बिषय हो । आशा गरौं नेपाल सरकारले यसबारे आवश्यक कदम चाल्नेछ ।

कतारमा कति नेपाली नागरिक छन् भन्ने बिषयमा कुनै पनि संचार संस्थाले तथ्य बोल्न सक्ने अबस्था छैन । जसले जति भनिरहेका छन् ती सबै अनुमान हुन् । सत्य होइनन् ।

सत्य यस्तो छ

गएको चैत ३ गते सम्म वैदेशिक रोजगारमा जान दिइएको कुल श्रम स्वकृतिको संख्या ४६ लाख ९ हजार रहेको छ । वैदेशिक रोजगारमा कहिलेदेखि नेपालीहरु कतार जान थालेका हुन् भन्नेमा एकिन साथ भन्न सकिने अबस्था छैन । तर, बैदेशिक रोजगार बिभागले आर्थिक वर्ष २०५०/०५१ देखि मात्रै विवरण राख्न सुरु गरेको देखिन्छ ।

२०५०/०५१ देखि ०६२/०६३ सम्म वैदेशिक रोजगारमा जान दिईएको श्रम स्वकृतिलाई महिला, पुरुष र देशगत रुपमा नछुट्याई एकमुष्ट राखिएको छ । यस अबधिमा श्रम स्वकृति दिईएको संख्या ७ लाख ५८ हजार ६ सय ७५ छ । यसमा कम्तिमा २ लाख कतार जान श्रम स्वकृति दिईएको हुन सक्छ । यो पनि अनुमान मात्रै हो ।

त्यसपछि ०६३/०६४ देखि ०७२/०७३ सम्म सबै देश जान ३६ लाख १९ हजार ९ सय ८१ पटक श्रम स्वकृति दिइएको छ ।चालु आर्थिक वर्षको चैत ३ गते सम्म २ लाख ३० हजार ३ सय ७८ पटक श्रम स्वकृति दिइएकोमा कम्तिमा ८० हजार कतारलाई दिएको हुन सक्छ ।

कुल श्रम स्वकृति मध्ये कतार जान मात्रै १२ लाख ५१ हजार ६ सय ७५ पटक अन्तिम श्रम स्वकृति दिइएको छ । यो संख्या करिब मलेसिया बराबर हो । मलेसियालाई सबै भन्दा बढि श्रम स्वकृति दिइएको छ ।

दिइएको श्रम स्वकृतिको संख्या ब्यक्तिको होईन, पटक हो । श्रम स्वकृति एकै ब्यक्तिलाई पटक पटक दोहोरिन सक्छ । श्रम स्वकृतिको संख्या भन्दा ब्यक्ति को संख्या कम हुन्छ ।

बैदेशिक रोजगारमा जाने ब्यक्तिको बिबरण राख्ने तर फर्किनेको नराखिने भएकोले दिइएको श्रम स्वकृतिमा कतिपय फर्किनेको संख्या पनि उल्लेख्य हुन्छ ।

यसर्थ, कतारमा कति नागरिक रहेका होलान भनेर एकिनका साथ भन्ने कुनै आधार छैन । ५ लाख भनौ वा १२ लाख मात्र अनुमान हो ।


from ujayloonline
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

गर्भवती श्रीमती छोडेर मलेसिया छिरेका छोरो ११ वर्ष हुदा सम्म नि घर फर्केनन ! छोराले बाबा खै भनेर सोध्छन म कसलाई देखाऊ, आफ्नो सासु ससुरा स्याहारेर बसेकी श्रीमतीको रमझममा हराएको श्रीमान्को खोजी गरि दिन आग्रह कृपया शेयर गरि खोज्न मद्दत गरौ भिडियो



Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

कतार मा रहेका नेपाली कामदार को लागि कतार सरकार ले दियो अहिले सम्मकै ठुलो सुबिधा एकचोटी हेरेर सेयर गर्नुहोस



गर्मी बढे संगै बाहिर सफा गर्ने कामदारहरुको लागि नगरपालिका तथा वातावरण मन्त्रालय अन्तर्गतको सार्वजनिक सफाई शाखा ले छाहारी भएको ट्रली दिने भएको छ।हल्का र सार्न सजिलो यस्ता ट्रलीले कामदारहरुलाई थौरै भएपनि राहात मिल्नेछ।
मन्त्रालयले सिधा घाम बाट बच्न र गर्मीको समस्या बाट राहात पाउन ट्रली कतारमै पहिलो पल्ट निकालिएको जानकारी हिजो टि्वटर मार्फत जानकारी दिएको थियो।कामदारहरूले ट्रली यहि हप्ता भित्र पाउनेछन भने यो ब्यवसायिक सडकहरुमा प्रयोग गरीनेछ।


from http://qnradio.com/5981
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

कतारमा व्यवसायी अशोक श्रेष्ठ पक्राउ


झन्डै एक दशकदेखि व्यवसायी गदै आएका श्रेष्ठले चार वर्षदेखि कतार एयरवेजलाई नेपालीसहित दक्षिण एसियाबाट कामदार पठाउँदै आएका थिए । उनले ‘स्टाफ सोर्स इन्टरनेशन’ मार्फत कतार एयरवेजलाई कामदार आपुर्ति गर्थे । त्यस वापत एयरवेजले प्रति कामदारको कमिसन दिने गर्छ ।

श्रोतका अनुसार एक कतारीलाई दिएको चेक बाउन्स भएपछि उनले प्रहरीमा उजुरी दिएका थिए । कतार मेड सर्भिसमा नेपाली र फिलिपिनो गरी दुई सयभन्दा बढी क्लिनर महिला कामदार छन् । उनीहरुलाई कतारी, वेलायती लगायतका घरमा सफाई गर्न पठाउने गरिन्छ । कम्पनीले एक घण्टा बापत ५० रियाल (करिव १५ सय रुपैयाँ) लिने गरेको छ ।

नेपाल पर्यटन बोर्डबाट सद्भावना पर्यटन दूतसमेत रहेका श्रेष्ठको कम्पनीविरुद्ध १० महिनाअघि विवाहित नेपाली महिला सृजना श्रेष्ठले हालेको मुद्दा उच्च अदालतमा चलिरहेको छ । उनलाई गर्भवती भएको भन्दै कम्पनीले निष्कासन गरेपछि उनी क्षतिपुर्ति माग्दै अदालत पुगेकी हुन् । उनी आफ्नो शिशु र श्रीमान्सँग कतारमै बसिरहेकी छन् ।

श्रेष्ठ पक्राउ भएपछि स्पोन्सरले दुवै कम्पनी नियन्त्रणमा लिएका छन् । उनका ठाउँमा एक स्पेनी नागरीकलाई जिम्मा दिइएको छ । कतारमा कार्यरत नेपाली ब्यबसायीहरुका अनुसार स्पोन्सरसँग आर्थिक लेनदेनसम्बन्धी विवादबाट समस्या सिर्जना भएको हो । श्रेष्ठको परिवारले यसबारे केही बताएको छैन । चेकमा उल्लेख भएको रकम बुझाएर उनी बाहिर निस्कने प्रयासमा छन् ।

बेलायती राहदानी बोकेको हुनाले यस प्रकरणलाई नेपाली दूतावासले हेरेको छैन । श्रेष्ठ कतारमा आउँदा बेलायतमा होटल व्यवसायी थिए । उनी हङकङबाट वेलायत गएका थिए ।

स्रोत : होम कार्की/इकान्तिपुर
Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel

श्रीमतीलाई नाठो संग रंगेहात भेटेपछि……….??? भिडियो सहित हेर्नुहोस यो

Loading...

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=JoVPEYUkVu0

Subscribe us on Our Official Youtube Channel