Loading...
कुवेत, साउदी, कतार कामदारका लागि दुखद खबर विदेशी कामदारका लागि ‘खराब’ गन्तव्य
Labels:
YOutube
"एसईई परीक्षामा ६९ बर्षिय बृद्ध उतीर्ण" बृद्ध भत्ता खाएर घरमै आराम गर्ने यो उमेरमा एसईई परीक्षा उर्तिण गर्न सफल भएकोमा उनी निकै हर्षित देखिएका छन ।
असार २, २०७४ पहिलो पटक सुरु भएको एसईई परीक्षामा स्याङ्जामा ६९ बर्षिय बृद्ध पनि सहभागी थिए । स्याङ्जाको कालाभैरव उच्च माविमा अध्ययनरत ६९ बर्षिय दुर्गे कामीले सिदार्थ माविमा एसईईको परीक्षा दिएका थिए । उनी आज प्रकाशित एसईई परीक्षाको नतिजामा इ ग्रेड ल्याएर पास भए ।
उनले जम्मा ग्रेड १.२ ल्याएर उतीर्ण भएको काला भैरव विद्यालयका शिक्षक डिआर कोइरालाले बताउनुभयो । बृद्ध भत्ता खाएर घरमै आराम गर्ने यो उमेरमा एसईई परीक्षा उर्तिण गर्न सफल भएकोमा उनी निकै हर्षित देखिएका छन । नातिनातिनाका उमेरका सहपाठीसंग परीक्षामा सहभागी भएका उनी उतीर्ण भएको खबरले यतिका बर्ष सम्म दुख गरेको फल प्राप्त गरेको बृद्ध कामी बताउँछन ।
बुढेसकालमा साहारा कोही नभई विरक्त लागेपछि आफूलाई व्यस्त राख्नको लागि आफ्ना नाती नातीना सरहका विद्यार्थीसंगै विद्यालय जाने गरेपछि पहिलो पटक एसईईमा सहभागी बनेका उनले अबको दिनमा क्याम्पस पढ्ने र सानो भए पनि जागिर खाने रहर सुनाए । ‘कक्षा तीन देखी नियमित विद्यालय गएर पढेको फल पाएँ’ खुशि हुँदै उनले भने, ‘निकै खुशि छु ।
धेरैले खिल्ली उडाउँथे वेवास्ता गर्दै नसुनेको बाहानामा हिडिरहन्थे । तिनिहरुलाई आज राम्रो जवाफ दिए ।’ इच्छा शक्ति भएमा कुनै पनि कुरा उमेरले नछेक्दो रहेछ भन्ने उनी ज्वलन्त उदाहरण बनेको जिल्ला शिक्षा अधिकारी अम्बिका आचार्य बताउँछन । साविक फेदीखोला गाविस ३ देउराली घर भएका दुर्गे कामी ४ छोरा, २ छोरी र ९ नातिनातिकाका हजुरबुबा बनिसकेका छन ।
तर उनको श्रीमती भने १५ बर्ष पहिले नै बितेकी हुन् । सुरुमा कक्षा ३ मा खहरे प्राविमा भर्ना भई पढ्न सुरु गरेका उनले कक्षा ६ देखी काला भैरव उच्च माविमा निरन्तर पढेपछि अहिले एसईई परीक्षामा सफल भए । अब क्याम्पस भने फेदीखोला स्थित सिदार्थ बहुमुखीमा पढ्ने ठूलो धोको उनको छ ।
लामा लामा फुलेका दारी र ढाका टोपीबाट आफ्नो पहिचान बनाएका उनी स्कुले पोसाक टाई, पेटी, सर्ट, पाइन्ट र काला जुत्ता टल्काएर बालबच्चा झै नियमित विद्यालय जाने गर्थे । छोरा बुहारी र सम्पूर्ण परिवारबाट नै उपेक्षित भएपछि अध्ययनमा लागेको बताउँदै उनले भने, ‘उनीहरुलाई देखाउनकै लागि भएपनि सानो जागिर खाएर पैसा कमाउने रहर छ । उनीहरुलाई पनि अप्ठ्यारो महसुस होस हामीले कति खिल्ली उडाएका थियौ भन्ने ।’
अरु विद्यार्थीहरुको तुलनामा आफ्नो उमेर अति नै बढी भएता पनि अध्यनको लागि शिक्षक तथा नातिनातिना सरहका आफ्नै सहपाठी विद्यार्थीहरुबाट ठूलो प्रेरणा मिलेको उनको भनाई छ । प्रकाशित:असार २, २०७४
from ekantipur
Loading...
हेर्नुहोस भिडियो
Subscribe us on Our Official Youtube Channel
Labels:
News
कतारमा युद्धको खतरा बढ्दो : अमेरिकी युद्धपोत सैन्य अभ्यासका लागि कतारमा –
दोहा । अमेरिकी नौसेनाका युद्धपोत कतारसँगको संयुक्त सैनिक अभ्यासका लागि दोहा आइपुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारले चरमपन्थी समूहलाई ठूलो लगानी गरेको र आर्थिक फण्ड दिएको आरोप लगाएको केही दिनपछि अमेरिकी युद्धपोत कतार आइपुगेको हो ।
कतारमा मध्यपूर्वकै सबैभन्दा ठूलो अमेरिकी सैन्य शिविर रहेको छ । ११ हजार अमेरिकी सैनिक रहेको कतारको अल–उदैद एयरबेसबाट १ सय भन्दा बढी लडाकु विमानहरु परिचालित हुन्छन् । अमेरिकाले यसै एयरबेबाट चरमपन्थी समूह इस्लामिक स्टेट (आईएस) लगायतका समूहविरुद्ध सैनिक कारबाही सञ्चालन गर्ने गरेको छ ।
कतार न्युज एजेन्सी (क्युएनए) ले अमेरिकी युद्धपोत कतार आइपुगेको यस्तो समयमा सूचना दिएको छ, जुन दिन कतारले अमेरिकासँग एफ–१५ लडाकु विमान खरिद गर्नका लागि १२ बिलियन डलरको प्रारम्भिक लागतको एक सम्झौतामा हस्ताक्षर गरेको छ ।
क्युएनएले कतारी रक्षामन्त्री खालिद अल अत्तियाह र अमेरिकी रक्षामन्त्री जिम माटिसले वासिंगटनमा सो सम्झौतामा हस्ताक्षर गरेको जनाएको छ । रक्षा विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कतारलाई अत्याधुनिक क्षमता प्रदान गर्ने र सुरक्षा सहयोग तथा अमेरिका । कतारबीच अन्तर–क्षमता बढ्नेछ ।’
यही महिनाको सुरुमा साउदी अरब, युएई, बहराइन, इजिप्टसहितका राष्ट्रले चरमपन्थी समूह र इरानलाई सहयोग गरेको आरोपमा कतारसँगको राजनीतिक सम्बन्ध तोडेका थिए । कतारले भने यो आरोप अस्वीकार गर्दै आएको छ ।
साउदी, युएई र बहराईनले कतारसँगको हवाई, स्थल र सामुद्रिक सीमा समेत बन्द गरेको छ । कतारसँगको सीमा बन्दका कारण कतार एयरलाइन्सका उडानहरु प्रभावित बनेका छन् भने कतारमा ट्रान्जिट भएर उड्ने जहाजहरु समेत अन्यत्रबाट घुम्नुपर्ने अवस्था आएको थियो ।
गत साता मात्रै अमेरिकी रक्षा मन्त्रालयले कतारमा रहेको आफ्नो सुरक्षा बेस राख्न दिएकोमा कतारको प्रशंसा गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कतारमाथि अन्य छिमेकी देशले गरेको राजनीतिक सम्बन्ध विच्छेद जायज भएको बताउँदै आएका छन । राजधानी दैनिकमा खबर छ ।

दार्जीलिङमा फेरि भड्कियो हिंशा, अनिश्चितकालीन बन्द
काठमाडौँ । बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेटिभ (जीटीए) प्रमुख विमल गुरुङको दार्जीलिङस्थित घरमा छापा मारेर तोडफोड गरेको विरोधमा दिउँसोदेखि गोर्खाल्यान्डमा अनिश्चितकालीन बन्द सुरु भएको छ।
बाङलाभाषाको बाध्यताकारी अध्ययन व्यवस्था गरिएपछि नेपालीभाषी भारतीयको सघन बसोवास भएको दार्जीलिङसहित गोर्खाल्यान्ड क्षेत्रमा चर्किएको आन्दोलन दबाउन प्रहरी र सेना परिचालन गरेको पाँचौं दिन बिहान ७ बजे बंगाल प्रहरीले मोर्चाको कार्यालय र अध्यक्ष गुरुङको घरमा छापा मार्ने नाममा तोडफोड गरेपछि बन्द आह्वान गरिएको मोर्चाकी नेतृ निरा शर्माले जानकारी दिइन्।
शर्माका अनुसार बिहान साढे ७ बजे गुरुङको घर पुगेको प्रहरीले घर र कार्यालयमा छापा मारेको थियो। गुरुङलाई गिरफ्तार गर्ने योजनासहित गए पनि उनलाई नभेटेपछि तोडफोड गरेको शर्माले बताइन्।
घटनापछि गुरुङले गोर्खाल्यान्डको एक मात्र एजेन्डासहित आफू अविचलित अघि बढ्ने बताएको शर्माले जानकारी दिए। घटनापछि दार्जीलिङमा दिनभर सवारीसाधन नचलेको र विद्यालय, कलकारखाना, सरकारी कार्यालयसमेत ठप्प भएको शर्माले जानकारी दिइन्। घटनापछि अध्यक्ष गुरुङले गोर्खाल्यान्डका लागि एक भएर अघि बढ्न सबै दललाई आह्वान गरेका छन्। प्रहरीले दार्जीलिङमा सातजना र कालेबुङमा तीनजनालाई पक्राउ गरेको शर्माले जानकारी दिइन्। बंगाल सरकारको ज्यादती बढ्दै गएको भन्दै उनले नेपालीभाषी भारतीय संकटमा रहेकाले सहयोग गर्न सबैलाई आह्वान गरेकी छन्।
यसअघि गोरखा जनमुक्ति मोर्चाले मंगलबार आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी नेताहरूले गोर्खाल्यान्ड राज्यप्राप्तिका निम्ति एकजुट भएर लड्ने निर्णय गरेका थिए। बैठकमा गोर्खा जनमुक्तिमोर्चा, गोर्खा राष्ट्रिय मुक्तिमोर्चा, गोर्खाल्यान्ड राज्यनिर्माण मोर्चा, क्रान्तिकारी माक्र्सवादी कम्युनिस्ट पार्टी, भारतीय जनता पार्टी र गैरराजनीतिक संगठन भारतीयगोरखा परिसंघको उपस्थिति थियो। बैठकले जेठ २५ र ३० को प्रहरी दमनको समेत विरोध गरेको थियो।
यसअघि मोर्चाले आन्दोलनका क्रममा स्कुल, कलेज, बजार र यातायात बन्द नहुने जनाएको थियो। सरकारले मोर्चाविरुद्ध दमनको रबैया अपनाएपछि आन्दोलन हिंसात्मक बन्दै गएको बताइएको छ।
शनिबार दार्जीलिङमा सम्पन्न मोर्चाको केन्द्रीय समिति बैठकले प्रत्येक सोमबार र बिहीबार बैंकहरू खुल्ने, बिहीबार र शुक्रबार जनता सडकमा आएर गोर्खाल्यान्डका लागि प्रदर्शन गर्ने निर्णय गरेको थियो। बाङलाभाषाको बाध्यकारी अध्ययनको व्यवस्थाले करिब एक सय वर्ष पुरानो नेपालीभाषा र जातिको मुक्तिआन्दोलनमा अतिक्रमण भएको भन्दै गोर्खा जनमुक्तिमोर्चाले आन्दोलन सुरु गरेको हो।
source medianp

अत्याधुनिक अमेरिकी युद्धपोत कतार आइपुग्यो, के गर्दै छ कतारमा (भिडियो हेर्नुहोस)
दोहा, आषाढ १ । अरब राष्ट्रहरुसंग सम्बन्ध बिग्रिए पछी कतार तनावमा छ | अमेरिकी नौसेनाका युद्धपोत कतारसँगको संयुक्त सैनिक अभ्यासका लागि दोहा आइपुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारले चरमपन्थी समूहलाई ठूलो लगानी गरेको र आर्थिक फण्ड दिएको आरोप लगाएको केही दिनपछि अमेरिकी युद्धपोत कतार आइपुगेको हो । यो संगै अब युद्द हुन्छ कि भन्ने बिस्वभर तरंग फैलिएको छ |
कतारमा मध्यपूर्वकै सबैभन्दा ठूलो अमेरिकी सैन्य शिविर रहेको छ । ११ हजार अमेरिकी सैनिक रहेको कतारको अल–उदैद एयरबेसबाट १ सय भन्दा बढी लडाकु विमानहरु परिचालित हुन्छन् । अमेरिकाले यसै एयरबेस बाट चरमपन्थी समूह इस्लामिक स्टेट (आईएस) लगायतका समूहविरुद्ध सैनिक कारबाही सञ्चालन गर्ने गरेको राजधानी दैनिकमा खबर छ ।
कतार न्युज एजेन्सी (क्युएनए) ले अमेरिकी युद्धपोत कतार आइपुगेको यस्तो समयमा सूचना दिएको छ, जुन दिन कतारले अमेरिकासँग एफ–१५ लडाकु विमान खरिद गर्नका लागि १२ बिलियन डलरको प्रारम्भिक लागतको एक सम्झौतामा हस्ताक्षर गरेको छ ।
क्युएनएले कतारी रक्षामन्त्री खालिद अल अत्तियाह र अमेरिकी रक्षामन्त्री जिम माटिसले वासिंगटनमा सो सम्झौतामा हस्ताक्षर गरेको जनाएको छ । रक्षा विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कतारलाई अत्याधुनिक क्षमता प्रदान गर्ने र सुरक्षा सहयोग तथा अमेरिका । कतारबीच अन्तर–क्षमता बढ्नेछ ।’
यही महिनाको सुरुमा साउदी अरब, युएई, बहराइन, इजिप्टसहितका राष्ट्रले चरमपन्थी समूह र इरानलाई सहयोग गरेको आरोपमा कतारसँगको राजनीतिक सम्बन्ध तोडेका थिए । कतारले भने यो आरोप अस्वीकार गर्दै आएको छ ।
साउदी, युएई र बहराईनले कतारसँगको हवाई, स्थल र सामुद्रिक सीमा समेत बन्द गरेको छ । कतारसँगको सीमा बन्दका कारण कतार एयरलाइन्सका उडानहरु प्रभावित बनेका छन् भने कतारमा ट्रान्जिट भएर उड्ने जहाजहरु समेत अन्यत्रबाट घुम्नुपर्ने अवस्था आएको थियो ।
गत साता मात्रै अमेरिकी रक्षा मन्त्रालयले कतारमा रहेको आफ्नो सुरक्षा बेस राख्न दिएकोमा कतारको प्रशंसा गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कतारमाथि अन्य छिमेकी देशले गरेको राजनीतिक सम्बन्ध विच्छेद जायज भएको बताउँदै आएका छन ।
साभार : साझा पेजबाट
भिडियो हेर्नुहोस :

छोराले मलेसियाबाट तीन लाख पठाउँछु भन्थ्यो, मरेको बाँचेको पत्तो छैन !
लिला निरौला/खोटाङ ।
जेठ २४ – ‘गाउँमा अरुका छोरा विदेश बाट आउँछन् । उसको त कुनै अत्तोपत्तो छैन’ धनबहादुर भट्राईले सुरुमै मनको बह पोख्नुभयो । बह नहुने कुरो पनि भएन । विदेश गएकाहरु दुई तीन वर्षमा घर आउँछन, केही समय बस्छन् अनि जान्छन् तर बालाराज गएको १५ वर्ष भयो । एक पटक फर्किनुभएन । उहाँ १२ वर्षदेखि बेपत्ता हुनुहुन्छ ।
धनबहादुरका जेठा छोरा बालाराजले विदेश जाने सुर कस्दै गर्दा २०५६ सालतिर गाउँबाट औंलामा गन्न सकिने मान्छे मात्रै विदेश गएका थिए । विदेशको सपना देख्ने पनि धेरै थिएनन् । त्यसैले त्यति बेला न विदेशको बारेमा बुझ्नुपर्छ भन्ने थाहा थियो न त बुझ्न जाने ठाउँ नै थियो जिल्लामा ।
त्यसैले पठाउने व्यक्ति वा म्यानपावरले जे भन्यो त्यही पत्याउनुपर्ने अवस्था थियो । बालाराजलाई पनि त्यस्तै भयो । उहाँलाइ जाने व्यक्तिले जाने देश, त्यहाँ गर्नुपर्ने काम बारे जानकारी लिनुपर्छ, सीप नसिकी जानुहुँदैन भन्ने कुरा त थाहा थिएन नै परिवारले पनि विदेश जानेका बारेमा जानकारी लिइराख्नुपर्छ भन्ने ज्ञान थिएन । त्यसैले बालाराजलाई विदेश गएको छोराका बारेमा धेरै कुरा थाहा छैन । ‘फ्याक्ट्रीको काम भनेर लगेको थियो’ उहाँले अनविज्ञता जाहेर गर्नुभयो ।
२०५६ सालमा मलेसिया पुगेका बालाराजले घर फोन गरिररहनुहुन्थ्यो । तर काम र कमाइ राम्रो छैन भन्नुहुन्थ्यो । कमाई राम्रो नभएपछि घरमा पैसा पठाउने कुरै भएन । त्यसैले गएको तीन वर्षसम्म धनबहादुरले एक पैसा पठाउनुभएन । जाँदा लिएको ९० हजार रुपैयाँको साँवा ब्याज जस्ताको तस्तै थियो ।
तीन वर्षपछि भने बालाराजले एकै पटक ३ लाख रुपैयाँ पठाउने भन्दै फोन गर्नुभयो । त्यतिबेला धनबहादुर मात्रै होइन आमा मायादेवीलाई पनि ढुक्क भयो । छोराले पैसा पठाउँछु भनेपछि बुवाआमा पैसा पठाउने खबर सुन्ने चाहनामा थिए । तर छोराको फोन आएन । दिन, हप्ता गर्दै महिना बित्दा पनि छोराको फोन नआएपछि उहाँको परिवार आत्तियो ।
धनबहादुरको परिवारले उहाँलाई खोजिदिन विदेश पठाउने म्यानपावर र एजेण्टलाई आग्रह गर्यो । उनीहरुले यहाँबाट पठाएको कम्पनीमा सम्पर्क त गरे तर पत्तो लाउन सकेनन् । बालाराज हराए पनि उहाँ जाँदा लिएको ऋण बढिरहेकै थियो । तर त्यो तिर्ने केही उपाय थिएन । त्यसैले उहाँले अर्को छोरालाई विदेश पठाएर बालाराजलाई पठाउँदा लिएको पैसाको साँवा ब्याज तिर्नुभएको छ । मलेसिया गएका बालाराजका भाइले पनि दाइ खोजि गर्नुभयो तर पत्तो लाउन सक्नुभएन ।
मलेसिया नै पुगेर खोज्दा पनि नभेटिएको बालाराजको परिवारले सूचना केन्द्र बारे जानकारी पाएपछि त्यहाँबाट पहल गर्दा पो हुन्छ कि भन्ने आशा बाँकी नै थियो । त्यसैले पाँच वर्ष अघि धनबहादुरको परिवार सूचना केन्द्रमा गयो । केन्द्रले पहल गर्दा पनि केही पत्तो लाउन सकेन । फोटो बाहेक अरु कुनै कागजपत्र नभएकाले खोज्दा पनि नभेटिएको सूचना केन्द्रले जनाएको छ ।
आफूले सकेसम्म खोज्दा पनि नभेटिएपछि परिवारका अरु सदस्यले आश मारेका छन् तर बुवा आमाको मन अझै मानेको छैन । त्यसैले छोरा फर्किने बाटो अहिले पनि हेरिरहेका छन् बालाराजका दम्पती ।
धनबहादुर ६९ वर्षको पुग्नुभयो अनि आमा मायादेवी भट्राई ६७ वर्ष । एकातिर छोरा हराएको पीर त्यैं माथि बुढ्यौली । त्यसैले दुवै जनालाई रोगले पनि च्याप्दै लगेको छ । श्रीमतीलाई काठमाडौं लगेर उपचार गरिनसक्दै धनबहादुर पनि पेटको रोगले थलिएपछि अप्रेसन नै गर्नुपर्यो ।
थलिँदै गएपछि दुवै जनालाई छोराको यादले झनै सताएको छ । ‘अरुका छोरा विदेशबाट आउँछन् तर उसको अत्तोपत्तो नै छैन बुढेसकालमा छोराको अनुहार हेरेर मर्न पाए हुन्थ्यो जस्तो लाग्छ ।’ मायादेवीले पनि श्रीमानकै जस्तो पीडा सुनाउनुभयो ।
उतिबेला पैसाको अभाव थियो धनबहादुरको घरमा । अहिले अरु छोराहरुले पैसा कमाएका छन् । घरको स्थिती पनि फेरिएको छ । तर छोरा हराउँदाको पीडा पैसा नहुँदाको भन्दा धेरै छ । त्यसैले भनिरहेका छन् ‘हामीलाई पैसा चाहिएको छैन छोरा फर्किएर आइदिए हुन्छ ।’
from ujayloonline

परराष्ट्र मन्त्रालय द्वारा कतारको नेपाली दुतावासलाई दैनिक रिपोर्ट गर्न निर्देशन [भिडियो रिपोर्ट]
साऊदी अरब लगाएत ६ ओटा अरब मुलुक र माल्दिभ्सलाई कुटनीतिक सम्बन्ध बिच्छेद निर्णय गरेपछि तेल र प्राकृतिक ग्यासमा धनि मुलुक कतार संकटमा परेको छ ।
खाडी क्षेत्रमा आतंकवादलाई प्रसये दिएको आरोप लागेको कतारले भने छिमेकि मुलुकहरुको यो कदमको खण्डन गर्दै खेद व्यक्त गरेको छ ।
सन् २०२२ मा विश्वकप फूटबल आयोजना गर्न लागेको कतारले यो कुटनीतिक संकट पछि पनि प्रतियोगिता आयोजना गर्न सक्ला त, भन्ने प्रश्न खडा भएको छ ।
परराष्ट्र मन्त्रालयले कतार सहित साऊदी अरब, यूएई, इजिप्ट, बहराइन , एमन र लिबियाका नेपाली दुतावासलाई पत्रचार गरी सुक्ष्म विश्लेषण गरेर दैनिक रिपोर्ट गर्न निर्देशन दिएको छ ।
थप विवरणका लागि भिडियो हेर्नुहोस् ।
Loading...
हेर्नुहोस भिडियो
Subscribe us on Our Official Youtube Channel
Labels:
News
साउदीमा चम्केका नेपाली, शिक्षकदेखि अरबमा म्यानेजरसम्म (यसरि हुन्छन खाडीमा नेपाली सफल)
दमाम (साउदी अरब)-डेढ दशकअघि शिक्षण पेसामार्फत बालबालिकाको उज्ज्वल भविष्य कोर्न लागिपरेका स्याङ्जा तीनदोबाटेका ४५ वर्षीय जेशकुमार श्रेष्ठ यतिबेला भने साउदी अरबमा आफ्नै भविष्य कोर्न तल्लिन छन् ।
बीस वर्षको उमेरमै अध्यापन पेसा सुरु गरी श्रेष्ठले आफैं अध्ययन गरेको स्याङ्जाकै पकवादीमा रहेको जानकी मावि र गल्याङको चिराग बोर्डिङ स्कुलमा गरी आठ वर्ष शिक्षण सेवामा समर्पित रहे । श्रेष्ठले विज्ञान विषय अध्ययन गरी शिक्षण पेसामा आबद्ध भएका थिए ।
माध्यमिक तहको गणित र विज्ञान विषय अध्यापन गराउने जेश सर स्याङ्जाको सो क्षेत्रमा निकै लोकप्रिय शिक्षक बन्न सफल पनि भए । शिक्षण पेसामै स्थायी जागिरे बन्ने र जन्मभूमिको सेवा गर्ने सोच बनाएका श्रेष्ठको योजना भने सफल हुन सकेन ।
जेश सरलाई शिक्षण पेसामै आत्मसन्तुष्टि मिले पनि आर्थिक अवस्थाले भने सोचेअनुरुप साथ दिन सकेन । घरका एक्ला छोरा उनी पारिवारिक जिम्मेवारी निभाउनकै लागि भए पनि विदेशिनुपर्ने बाध्यता बन्यो ।
विदेशिने कल्पनासम्म नगरेका उनले २०५४ सालमा केही साथीभाइसँग मिलेर जापान जाने तयारी गरे । तर जापानको यात्रा भने सफल हुन सकेन । केही वर्ष विदेश बसेर स्वदेश फर्कने योजनाका साथ आर्थिक समृद्धिको सपना बुनेर अन्ततः २०५५ मा खाडी मुलुक साउदी अरब हानिए ।
सामान्य कामदारका रुपमा साउदी अरब छिरेका जेश सर अहिले भने यहाँको एक प्रतिष्ठित कम्पनीमा म्यानेजर बन्न सफल भएका छन् । सामान्य कामदार हुँदै म्यानेजर बनेका श्रेष्ठको यो सफलता सहजै प्राप्त भएको भने होइन ।
डेढ दशकअघि पहिलोपटक मासिक एक हजार ५०० तलब पाउने गरी साउदी अरब छिरेका श्रेष्ठले सात वर्ष एक कम्पनीमा कार्यालय सहायकका रुपमा काम गरे ।
त्यहाँ खासै सफलता हात पर्ने सम्भावना नदेखेपछि अर्को कम्पनीमा आउने चाँजोपाँजो मिलाएर स्वदेश फर्के । मासिक चार हजार रियल तलब पाउने गरी उनी नयाँ कम्पनीमा कम्पनी प्रमुखको कार्यकारी सचिवका रुपमा नियुक्त भए ।
पाँच वर्ष जति कार्यकारी सचिवका रुपमा काम गरेपछि उनलाई कम्पनीले कार्यालयको उपल्लो तह सुपरभाइजरमा पदोन्नति ग¥र्यो । केही वर्षमै स्वदेश फर्केर फेरि शिक्षण सेवा गर्ने सोच बनाएका श्रेष्ठले काम गर्ने क्रममा सफलता हात पार्दै गएपछि साउदी अरब बस्ने योजना पनि लम्बिँदै गएको बताउछन ।
श्रेष्ठको कामबाट प्रभावित भएपछि कम्पनीले एक पछि अर्को पदोन्नति गर्दै उनलाई विभिन्न जिम्मेवारीहरु सुम्पन थाल्यो । आफूले पाएका जिम्मेवारी सफलतापूर्वक र कुशलतापूर्वक सम्पन्न गर्दै उनले कम्पनी सञ्चालकको मन जित्दै गए । पछि उनको काम र लगावबाट प्रभावित भएर कम्पनी सञ्चालकले उनलाई विभागीय प्रमुखका रुपमा म्यानेजर पदमा पदोन्नति ग¥र्यो ।
श्रेष्ठका अनुसार उक्त कम्पनीमा विभिन्न मुलुकका गरी झन्डै एक हजार कामदार कार्यरत रहेका छन् । सो कम्पनीमा श्रेष्ठले कम्पनीलाई आवश्यक पर्ने कच्चा पदार्थको खरिद तथा आयात व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका छन् ।
“यो स्तरसम्म पुग्छु र म्यानेजर नै बन्छु भनेर सोचेको पनि थिइनँ, तर निरन्तर काम गर्दै जाँदा प्रगति पनि क्रमिक रुपमा हुँदोरहेछ–विगत सम्झँदै श्रेष्ठले भने, ” मैले कहिल्यै पनि कामलाई सानो वा ठूलो भनेर हेरिनँ, जस्तो काम गर्न परे पनि तयार भएँ ।’
यहाँको कुनै पनि कम्पनीको उच्च तहमा आप्रवासी कामदारलाई भन्दा स्थानीय नागरिकलाई प्राथमिकता दिनुपर्ने प्रावधान रहे पनि श्रेष्ठ भने यहाँको प्रतिष्ठित कम्पनीकै उच्च तहमा काम गर्ने भाग्यशालीमध्येका एक नेपाली हुन् ।
मासिक नेपाली रु ३० हजारमा साउदी छिरेका श्रेष्ठको निरन्तरको कठोर परिश्रम र सङ्घर्षले अहिले मासिक करिब पाँच लाख नेपाली रुपैयाँ कमाउन सफल भएका छन् ।
विभिन्न मुलुकका कामदारहरुसँग प्रतिस्पर्धा गर्दैै आफूलाई अब्बल ठहराएका श्रेष्ठलाई नेपाली भएका कारण पनि कम्पनीमा विश्वासिलो र इमान्दार पात्रका रुपमा समेत हेर्ने गरेको बताउँछन् । यतिमात्र होइन, श्रेष्ठले कम्पनीकै काम लिएर देश विदेशसमेत घुम्ने अवसर पनि पाएका छन् ।
व्यावसायिक भेटघाट र कम्पनीका लागि आवश्यक कच्चा पदार्थ खरिदका लागि चीन, पाकिस्तान, भारत, बहराइन, युएई जस्ता मुलुकमा आउने जाने गर्छन् । राम्रो कमाइ भएपछि उनले बुबाआमा, श्रीमती र छोराछोरीलाई समेत खुसी दिन सकेका छन् ।
एक छोरा र एक छोरी रहेका श्रेष्ठले छोरालाई इन्जिनियर र छोरीलाई डाक्टर बनाउने लक्ष्यका साथ आफ्नो कमाइले पढाइ खर्च जुटाइरहेका छन् । जागिरसँगै स्वदेश तथा विदेशमा हुने सामाजिक गतिविधिमा पनि उनी सक्रिय हुने गरेका छन् ।
आफूले सम्हालिरहेको पदभन्दा अझै माथिल्लो तहमा पुगेर काम गर्ने लक्ष्य बनाएका श्रेष्ठ केही वर्षपछि भने स्वदेशमै केही व्यवसाय सञ्चालन गर्ने योजना बनाएको बताउँछन् ।
श्रेष्ठको काम र तलब हेर्ने हो भने खाडीमा तल्लो तहमा मात्रै होइन यहाँका प्रतिष्ठित कम्पनीको उपल्लो तहमा समेत बसेर काम गर्ने नेपालीहरु पनि छन् भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
कामप्रति निरन्तर समर्पित भई इमान्दारिताका साथ सङ्घर्ष गर्न सके युरोप अमेरिका मात्र होइन श्रेष्ठले जस्तै अरबमै पनि उज्ज्वल भविष्य कोर्न सकिने प्रशस्त सम्भावनाहरु छन् । रासस
from dailygulfact
Loading...
हेर्नुहोस भिडियो
Subscribe us on Our Official Youtube Channel
Labels:
News
Loading...
NEPALI NEWS
News
Powered by Blogger.
Labels
Find Us On Facebook
Labels
Gallery
Tags
Videos
Sports
Nature
Fashion
Business
Recent Comments
-
This is an incredible MMS and super hot aggregation of the most smoking scenes from the sparkling motion picture Miss Mallige. The gathering...
-
Ministers prayingThis is the consecrated site of Lord Buddha's introduction to the world, which is today a little town in Nepal, 27 Km ...
-
Song: Maile Ka Lekhna Jane/मैले "क" लेख्न जाने Singer: Junu Gautam Lyrics/Music: Prakash Siwakoti Arranger: Jiwan Prakash Pradh...
-
One of the kid was hitched and he was into that young lady. He has his better half on his home and he used to have $*eual illicit relationsh...
-
This is nepali song. Music/Artist is given by Ek Narayan Bhandari Directed by Shankar B.C Artist are Parbati Rai and Shankar B.c Rights...
-
SN Position No. of Vacancy Salary Nrs. 1. Skilled welders 10 40,600 2. Unskilled Helper 1 31,900 3. Dispatcher 3 87,000 4. Plant Operato...
-
Bindu Pariyar was conceived in Hemja town of the Kaski area in Western Nepal into a poor dalit (untouchables) gang. Her both folks were triv...
-
There are more than 60 distinct types of bird. Hawks are not the same as numerous different winged creatures of prey for the most part by...
-
From an especially young age, Birendra was delineated even by his educators as a to a great degree kind and enthusiastic sovereign, and is a...
-
CLICK HERE TO WATCH Tirsana Budhathoki's trip in demonstrating vocation has not been so effective not surprisingly. In spite of trouble...
Header Ads
Labels
Most Popular